नेपालको राजनीति बिगतदेखि ठूला मान्छेको पहुँच र ठूला पार्टीको बर्चश्व भित्रै चलेको छ । यसपालिको नयाँ समिकरणले केही साना पार्टीहरुले समेत राम्रो मन्त्रालय सँगै महत्वपुर्ण पदहरु पाएका छन् । सवैभन्दा धेरै माननीय भएको नेपाली काँग्रेस प्रमुख प्रतिपक्षमा बसेपछि साना पार्टीको महत्व बढेको छ ।
दैलेखले यसपटक मन्त्री पाउने निकै राम्रो संभावना नजिक भएको भएपनि अहिलेसम्म कुनै ठोस निर्णय भने हुन सकेको छैन् । बिशेष गरेर काँग्रेस र एमालेले सँधै सत्ता समिकरण गरिरहँदा काँग्रेसवाट बिगतमा दुईवटा राज्य मन्त्री भएपनि एमालेबाट अहिलेसम्म दैलेखमा राज्यमन्त्री सम्मको जिम्मेवारी समेत कसैले पाएको छैन ।
यस्तो अवस्थामा यसपटक सत्ता सम्हालेको एमालेले दैलेखलाई मन्त्री दिनुपर्छ भनेर कडा दबाव दिनुपर्ने आवश्यकता रहेको भएपनि मन्त्रीको आशा गर्नु केवल सपना बाहेक अरु हुन सक्दैन । किनकी दुर्गम र पहाडी जिल्लाहरुलाई राज्य संचालन गर्ने जो सुकैले पनि हेला गरेको बिगतको प्रचलन अहिलेपनि कायमै रहेको छ ।
राप्रपा नेपालबाट समानुपातीक सभासद कुन्ति शाहीको निकै राम्रो संभावनाको बिश्लेषण गरिएको भएपनि अँझै सम्म कुनै ठोस निश्कर्ष भने हुन सकेको छैन । सरकार सत्ता र पहुँच तीनवटा कुराको बराबर सन्तुलन पश्चात मन्त्री पाउने स्थान बनाएका केही ठूला नेताहरुले दुर्गमलाई सँधै आफु मन्त्री बन्ने भ¥याङ्ग मात्र बनाएका हुन्छन् , अवसर आएको बेला सबै पहुँचमै चल्ने गर्दछ यस्तो अवस्थामा दैलेखलाई एमालेले मन्त्री दियो भने, यो पनि निकै ऐतिहाँसिक निर्णय मान्नुपर्ने र जिल्लाबासी सवैले गौरव गर्नुपर्ने हुनसक्छ ।








